काठमाडाैं । आज प्रतिनिधिसभाकाे बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ।
आजको बैठकबाट सांसदहरुले सोधेको प्रश्नको जवाफ मन्त्रीहरुले दिने कार्यको सुरुवाती हुनेछ। जसअनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
गत असार ८ गतेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफल सकिएको थियो।
प्रतिक्रिया दिनुहोस्