Ads

हेर्नुस् आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १० गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू