Ads

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार मटर कोसा प्रतिकेजी न्यूनतम मूल्य १८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५, घिउ सिमी राजमा ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेँडा ठुलो ४०, टनेल गोलभेँडा सानो ८, लौका ६० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ९०, कागती १५० रुपैयाँ,तोरीको साग  रु ३०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ८०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू