काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोनको अवैध आयात तथा प्रयोग नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले १ साउनदेखि दर्ता नभएका फोन नेपालमा चल्न नदिने बताइएको छ ।
एमडीएमएसमा दर्ता नभएका मोबाइल प्रयोगकर्तालाई पैसा तिरेरै दर्ता गर्न नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको वियेकमा आर्थिक विधेयक मोबाइल फोनको दर्ता सम्बन्धी विशेष व्यवस्था मिलाएको छ ।
जसका लागि आईफोन तथा एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनका लागि १० हजार रुपैयाँ, एक लाख रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनका लागि तीन हजार रुपैयाँ र अन्य मोबाइल फोनका लागि २०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।
भदौ २०७९ देखि १५ जेठ २०८० भित्र आयात गरिएका फोनहरू रकम बुझाएर एमडीएमएसमा दर्ता गर्न सकिनेछ । यसरी फोन दर्ता गर्ने समयसीमा यही असार मसान्तसम्मका लागि मात्रै रहेको छ ।
मोबाइल एमडीएमएसमा दर्ता भए/नभएको थाहा पाउन
-नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टल(एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी) खोल्नुहोस् । अथवा यहाँ क्लिक गर्नुहाेस् ।
– मोबाइलको आईएमईआई नम्बर राखेर ‘खोज्नुहोस्’ लेखिएको निलो बटनमा दबाउनुहोस्
– तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ ।
-यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको भए दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ ।
सरकारले एमडीएमएसमा दर्ता नभएका मोबाइल फोनलाई ‘ग्रे मोबाइल फोन’को सूचीमा राखेको छ । यस्ता फोनलाई वैध फोन बनाउन निश्चित राजस्व तिरेर उक्त सिस्टममा दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
सबैभन्दा पहिला गुगलमा गएर ‘ग्रे रजिस्ट्रेसन’ (Grey registration nta) खोजेर सुरुको लिङ्कमा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् ।
अब एउटा पेज खुल्छ, त्यसमा मोबाइल डिटेल (Mobile Detail) खण्डमा आफ्नो मोबाइलको आईएमईआई नम्बर (जति सिम कार्ड सपोर्ट गर्ने फोन हो, त्यति), ब्रान्ड तथा कम्पनीको नाम र मोडल नम्बर राख्नुहोस् ।
यदि आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी पत्ता लगाउनुहोस् ।
यति गरिसकेपछि पर्सनल इन्फरमेसन (Personal Inormation) खण्डमा आफ्नो नाम, सम्पर्क नम्बर, प्यान नम्बर र स्थायी ठेगाना खुलाउनुहोस् । अब अन्तिममा रहेको प्रोसिड टु नेक्स्ट स्टेप (Proceed to next step) थिच्नुहोस् ।
नयाँ खुल्ने पेजमा भर्खरै तपाईंले राखेका विवरणहरू देखिनेछन् । त्यसमा रहको आफ्नो मोबाइलको विवरण राम्रोसँग यकिन गर्नुहोस् । याद राख्नुहोस्, भुक्तानी पश्चात तपाईंले राखेको विवरण परिवर्तन गर्न सकिंदैन । सबै विवरण ठीक छ भने भुक्तानीका लागि प्रोसिड टु पेमेन्ट (Proceed to payment) बटनमा थिच्नुहोस् ।
शुल्क भुक्तानी खल्ती, ईसेवा वा कनेक्ट आईपीएसबाट गर्न सक्नु हुनेछ । यदि कनेक्ट आईपीएस छनौट गर्नु भयो भने एउटा क्यूआर कोड प्राप्त गर्न सकिन्छ । कुनै पनि डिजिटल वालटे तथा मोबाइल बैंकिङ एपमार्फत यो कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । यदि भुक्तानी सफल भएको म्यासेज नआउँदै खाताबाट पैसा काटियो भने पनि बुझ्नुहोस्, तपाईंको भुक्तानी सफल भयो । भुक्तानी भएसँगै तपाईंको मोबाइल स्वतः एमडीएमएसमा दर्ता हुनेछ । भुक्तानी भएको एक घण्टापछि तपाईंले यहाँ क्लिक गरी आफ्नो मोबाइल दर्ता भए/नभएको यकिन गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्