Ads

मेयर बालेनविरुद्ध अदालत अवहेलना मुद्दा हेर्न नभ्याइनेमा


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ आइतबार हुन सकेन ।

हिन्दी चलचित्र प्रतिबन्धका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशलाई बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेर नमान्ने घोषणा गरेका थिए ।

उनले अदालतको आदेश नमान्ने सार्वजनिक घोषणा गरेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा अवहेलना उजुरी दर्ता गरेकी थिइन् ।

सो उजुरीमाथि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, मुद्दाको चापका कारण आइतबार सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

Ads

सम्बन्धित पोष्टहरू