Ads

सर्पले डसेर एक बालिकाको मृत्यु


दाङ ।  तुलसीपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार सर्पले डसेपछि घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीकी १३ वर्षीया दक्षिना वलीको उपचारका क्रममा आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

वलीलाई शनिबार दिउँसो घरमा सुतिरहेको बेला सर्पले डसेको थियो । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । जहाँ उपचार गर्दागर्दै अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू