काठमाडौं । आज २०८० साल असार ११ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला । पढाइमा खासै प्रगति हुने छैन । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तसँग भेटघाट होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहेपनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )पढाइ लेखाइमा प्रगति हुनेछ । व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )ऋण सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढ्ला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ, सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ । धेरै श्रमगरेपनि कामको कम मूल्याङ्कन हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न पाइएला । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ ।
प्रतिक्रिया दिनुहोस्