नवलपुर । नवलपरासी –बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको दर्शनका लागि आउने भक्तालुहरु बढेका छन् ।
आइएमई समूहले मन्दिरलाई लक्षित गरी केबलकार सञ्चालनमा ल्याएपछि मन्दिर पुग्ने दर्शनार्थीहरु बढेका हुन् । बैशाख अघिसम्म दैनिक पाँच/छ सयको सङ्ख्यामा भक्तजनहरु मन्दिर पुग्ने गरेकामा वैशाखपछि दैनिक एक हजारभन्दा बढी मन्दिर पुग्ने गरेका धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ।
नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आएको मौलाकालिका केबलकारको तल्लो स्टेशन गैँडाकोट–१ को धारापानीमा रहेको छ भने मन्दिर नजिकको हेलिप्याडमा अपर स्टेशन निर्माण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्