काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभासमक्ष टेलब गरिएको छ । आइतबार नगरप्रमुख टोकबहादुर वाइबाले नगरसभाको १३ औँ अधिवेशनसमक्ष नीति तथा कार्यक्रम टेबल गरेका हुन् । त्यस्तै उपप्रुमख विष्णुमणि नेपालले बजेट टेबल गरे ।
नगरसभामा १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ बजेट टेबल गरिएको छ । जसमा १६ करोड सामाजिक सुरक्षा भत्तासहित हो । सामाजिक सुरक्षा बाहेक कुल विनियोजित बजेटमध्ये ४७ करोड ६५ लाख ५८ हजार अर्थात ५१.८ प्रतिशत चालु र पूँजीगततर्फ कुल बजेटको ४४ करोड ३८ लाख ३९ हजार ०३३ अर्थात ४८.२० प्रतिशत रहेको छ ।
संघीय समानीकरण अनुदानबाट १० करोड ८५ लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड ९ लाख ६ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय सशर्त अनुदानबाट २७ करोड १६ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड २० लाख ९८ हजार, संघीय समपूरक अनुदानबाट ८० लाख, प्रदेश समपूरक ३ करोड, संघीय विशेष अनुदान २ करोड, आन्तरिक राजश्व १३ करोड ९० लाख रुपैयाँको अनुमान गरिएको छ ।
नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्नका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रत्येक वडाको पूर्वाधार विकास, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह कार्यक्रमका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ । नगरभित्रका भित्री सडकहरु सरसफाईका लागि १६ लाख ५० हजार विनियोजन गरिएको छ ।
साना तथा लघु प्रकृतिको योजना निमाृण तथा मर्मत सम्भारका लागि ६५ लाख विनियोजन गरिएको छ । जिसस काभ्रेको संगको समन्वयमा स्वास्थ्य संस्था तथा विद्यालयको पूर्वाधार निर्माण र मर्मतका लागि ५५ लाख रुपैयाँ ५५ लाख विनियोजना गरिएको छ ।
स्वास्थ्य सेवा नागरिकको पहुँच बृद्धि, स्वास्थ्य बिमा, औषधी तथा उपकरण खरिद, नगर अस्पताल सञ्चालन तथा अस्तापल स्तरोन्नतिका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ । नगर सभामा ९ वटा विद्येयक र प्रतिवेदन प्रेश भएका छन् । यी विद्येयक र प्रतिवेदनतर्फ दफाबार छलफल हुने सभाका अध्यक्ष एवं नगरप्रमुख टोकबहादुर वाईबाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्