Ads

कालिमाटी फलफूल तथा तरकारीको आजको मूल्य


काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टाटे सिमी प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४, घिउ सिमी लोकल ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेँडा ठुलो ४०, टनेल गोलभेँडा सानो ९, लौका ७० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,तोरीको साग  रू ४०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ६०, हरियो धनियाँ ८०, लोकल लिच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १४०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवि.८०० रुपैयाँ, अङ्गुर कालो ५८०,हरियो खुर्सानी अकबरे १२० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा (मुंगरी)  ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू