Ads

भोटेबहालमा पेन्टिङ गरिरहेको दुई व्यक्तिको इनारमा खसेर मृत्यु


काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा खसेर दुईजनाको ज्यान गएको छ । एक घरमा पेन्टिङ गरिरहेका झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरूको इनारबाट पानी तान्नेक्रममा डुबेर मृत्यु भएको छ । सुरुमा लिम्बु मोटर निकाल्न गएको र उनी नफर्किएपछि उनलाई बचाउन गएका गुरुङ पनि त्यहीँ फसेर ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ ।

नीहरुको शव अहिले इनारबाट निकालिएको र मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू