काठमाडौ/ सरकारले तरकारी तथा फलफूलमा भ्याट लगाउने घोषणा गरेको भन्दै सो घोषणा फिर्ता लिन प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले माग गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा आलु, प्याज समेतका विभिन्न १७० प्रकारका अत्यावश्यक दैनिक उपभोग्य वस्तु, तरकारी, फलफूल तथा खाद्यवस्तुको आयातमा १३ प्रतिशत भ्याट लगाईने उल्लेख भएको भन्दै सो फिर्ता लिन एमालेले माग गरेको हो ।
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमबार १६ बुँदे विज्ञप्ति जारी गर्दै सरकारको सो घोषणाले उपभोक्ता तथा सर्वसाधारणको दैनिकीनै कष्टकर हुने भन्दै सो व्यवस्था फिर्ता लिन माग गरेको हो । विभागका प्रमुख जितु गौतमद्वारा जारी विज्ञप्तिमा विषादी परीक्षण विना तरकारी तथा फलफूलको आयातमा पूर्णरुपमा प्रतिवन्ध लगाउन समेत माग गरिएको छ । सर्वोच्च अदालतकोा आदेश बमोजिम विषादीको परीक्षण विना तरकारी तथा फलफूलजन्य वस्तुको आयातमा पूर्ण रुपमा रोक लगाउन र सवै नाकामा विषादी परीक्षण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा समेत नेपालमा नघटाईएको, अत्यावश्यक औषधीहरुको अभाव हुँदा थाल्दा पनि सरकारले ध्यान नदिएको, कृषकका लागि आवश्यक सामाग्रीको बन्दोबस्त नमिलाएको, बजारमा विचौलिया सक्रिय हुँदा पनि रोक्न नसकेको जस्ता आरोप समेत एमालेले लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्