रुपन्देही । २०६३ सालमा जन्मसिद्ध आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई रुपन्देहीमा वंशजको आधारमा नागरिकता दिन सुरु गरिएको छ ।
यो सँगै नागरिकताबिहीन बनेर बसेकाहरुमा उत्साह छाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भई नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै आइतबारदेखि रुपन्देहीमा नागरिकता वितरण सुरु गरिएको हो । जन्मको आधारमा नागरिकता प्राप्त सन्तानलाई वंशजको
आधारमा नागरिकता वितरण सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। प्रमुख जिल्ला अधिकारी पाण्डेले कार्यालयमा भिडभाड हुन नदिन र कामलाई व्यवस्थित गर्न पालिकाअनुसार आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय भैरहवाबाट २ सय, इलाका प्रशासन कार्यालय बुटवल र मझगावाबाट १/१ सय गरी दैनिक ४ सय जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिने तयारी रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्