काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । यो दिन सबैभन्दा सस्तो बन्द कोभी रहेको छ भने आभोकाडो महँगो रहेको छ ।
आज लोकल बन्द कोभी प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र आभोकाडो ६५० रुपैयाँ पर्नेछ ।त्यसैगरी नेपाली गोलभेँडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेँडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम गरिएको छ भने मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, हरियो लसुन ११० रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्