Ads

जुम्लामा खेत गोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते


जुम्ला । जुम्लामा खेत गोड्ने क्रममा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् ।

सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ ।

हावाहुरीले विद्युत तारा खेतमा परेको थियो । पानीमै परेको हुनाले खेत गोडिरहेको अवस्थामा करेन्ट लाग्न गएको हो । यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू