काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा मुछिएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । उक्त प्रकरणमा मुछिएकाहरुलाई आज एकैदिन प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
अर्का एकजनाको नाम भने प्रहरीले गोप्य राखेको छ । यस प्रकरणमा १७५ जनाको नाम जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्