Ads

ओली भेट्न बालकोट पुगे अभिनेत्री श्वेता खड्का दम्पती


काठमाडौँ । अभिनेत्री श्वेता खड्का दम्पतीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोट पुगेर उनीहरूले केपी शर्माओलीलाइ भेटेका हुन् । भेटमा खड्का दम्पती छोरी ब्रीआनाको साथ पुगेका थिए ।

सो क्रममा ब्रीआनालाई ओलीले आशीर्वाद दिनुका साथै काँधमा समेत लिएका छन् । ओलीसँगको भेटको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेकी छन् । तस्बिरका साथ लेखेकी छन् ,काम ठुलो हुन् पर्दैन ।

जे गर्छौ प्रेम पूर्वक गर्दा । सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्व प्रधानमन्त्री केपी बुबा हजुरसँग पहिलो भेट ब्रीआना का । आशीर्वाद लिँदै ।’श्वेता केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू