काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको समय सरेको छ ।
सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले गर्दा असार १३ बस्ने भनिएको बैठक सरेको हो ।
‘ केन्द्रीय समितिको बैठक २०८० साल साउन १७ गते काठमाडौँमा बस्नेगरी सरेको छ’, माओवादी केन्द्रले मंगलबार केन्द्रीय सदस्यहरुलाई जारी गरेको सर्कुलरमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्