Ads

पक्राउ गर्ने सुइँको पाएपछि ‘स्टे अर्डर’ लिएको खुल्यो, तीन जनालाई छाड्ने तयारी


काठमाडाैँ । ललिता निवास प्रकरणमा मंगलबार पक्राउ परेका सात जनामध्ये तीन जनाले पक्राउ नगर्न भन्दै अदालतबाट ‘स्टे अर्डर’ लिएको पाइएको छ।

प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि ‘स्टे अर्डर’ लिनेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसी रहेका छन्।
उनीहरुलाई अब हिरासतमा राख्दाखेरि अदालतको आदेशविपरीत हुने भएकाले बाहिरै राखेर अनुसन्धान गर्ने तयारी सीआईबीले गरेको छ।

यो प्रकरणमा मंगलबार नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ परेका छन्। म्याद थप गरेर अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

Ads

सम्बन्धित पोष्टहरू