Ads

मोरङमा जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण शुरु


मोरङ। जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर आगाडि जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकता प्रमाणपत्र बनाउनका लागि बिहानदेखि लामबद्ध हुन थालेका छन् । सर्वोच्च अदालतबाट जन्मसिद्धका सन्तानलाई बंशजका आधारमा नागरिकता दिनु भन्ने अन्तिम आदेशपछि सोमबारदेखि कार्यालयले नागरिकता वितरण शुरु गरेको छ।

यसअघि शनिबार जिल्ला प्रशासन कार्यालयमा मोरङका १७ स्थानीय पालिकाका प्रमुखहरुको बैठकले नागरिकता प्राप्त गर्न चाहिने आवश्यक कागजातको मापदण्ड पूरा गरी सोही अनुसार वडाबाट सिफारिश पठाउननिर्णय भएको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले विद्यमान नागरिकता ऐनमा संशोधन पास भएको विधेयक तथा सर्वोच्च अदालतबाट अन्तिम आदेशमा भएको व्यवस्था अनुसार बाबु र आमाको नागरिकता हुनु पर्ने,जन्मदर्ता हुनु पर्ने, स्थायी बसोबास, पारिवारिक विवरण हुनुपर्ने , फोटोसहितको नाता प्रमाणित, मतदाता परिचय पत्र, जग्गाधनी पूर्जा लगायतका कागजात राखी सिफारिश गर्न वडाहरुलाई निर्देशन दिएको जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू