भारत । थलापति विजय दक्षिण भारतीय फिल्मका सुपरस्टार हुन्। एक साताअघि मात्रै ५० वर्ष लागेका उनको लोकप्रियता भारतमा मात्रै होइन विदेशमा पनि उत्तिकै छ।
१९७६ जुन २२ मा चेन्नईको तमिलनाडुमा जन्मिएका थलापतीले यसअघि ६७ वटा फिल्म गरिसकेका छन्। उनी साउथ सुपरस्टार रजनिकान्तभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन्। यसअघि रजनिकान्तले ‘दरबार’ फिल्ममा ९० करोड भारु पारिश्रमिक लिएका थिए।
अब बन्ने नयाँ फिल्ममा २०० करोड भारु पारिश्रमिक लिएर सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् थलापति। यससँगै उनी दक्षिण भारतीयमा मात्रै होइन, भारतमै सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार बनेका छन्।
नयाँ बन्ने फिल्मको नाम टुंगो लागिसकेको छैन। फिल्मको अस्थायी नाम ‘थलापति ६८’ राखिएको छ। यस फिल्मसँगै थलापतिले फिल्मी क्षेत्रबाट विश्राम लिने चर्चा पनि भइरहेको छ। उनको अन्तिम फिल्मका रूपमा उक्त फिल्मको प्रचार भइरहेको छ। उनको अहिलेको कुल सम्पत्ति ४४५ करोड रहेको छ। उनले वार्षिक १२० देखि १५० करोडसम्म कमाउँदै आएका थिए।
प्रतिक्रिया दिनुहोस्