काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीले सरकारले ल्याएको बजेटको विपक्षमा मतदान गर्ने भएका छन् । दुवै पार्टीको संसदीय दलको बैठकले सरकारको बजेटलाई समर्थन नगर्ने निर्णय गरेका हुन् ।
आज बिहान सांसदहरूसँग भएको छलफलबाट पार्टी बजेटको विपक्षमा उभिन लागेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । ‘समर्थन गर्न सकिने खालको बजेट आएन, त्यसैले समर्थन पनि गरिएन’ परियारले बताए ।
त्यस्तै, जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मधेश प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनमतले विपक्षमा मतदान गर्ने निर्णय गरेको उक्त पार्टीको भनाइ रहेको छ । बजेट पासको पक्षमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई मंगलबार आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्