काठमाडौं । नेकपा एमालेका सांसद महेश कुमार बर्तौलाले विभिन्न पालिकाहरुमा खटिएका स्वास्थ्यकर्मीहरुले तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार प्रतिनिधसभाको बैठकमा सांसद बर्तौलाले उनले तीन सय भन्दा बढी पालिकाहरुमा स्वास्थ्य मन्त्रालयबाट समायोजनमार्फत पालिकामा खटाई तीनदेखि १३ महिनासम्म तलब नदिएको भन्दै तत्काल तलब उपलब्ध गराउन माग गरेका हुन् ।
‘देशका तीन सयभन्दा बढी पालिकाहरुमा स्वास्थ्य मन्त्रालयबाट समायोजनमार्फत पालिकामा खटिएका छन् । सरकारलाई माग गर्छु तत्काल दुई हजार भन्दाबढी कर्मचारीहरु ३१३ पालिकामा स्वास्थ्यकर्मीहरु विभिन्न पदका छन् । जसले तीनदेखि १३ महिनासम्म तलब पाएका अवस्था छैन । अभिलम्ब ती स्वास्थ्यकर्मीहरुले तलब पाउने अवस्थाको सुनिश्चितता गरियोस्’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्