काठमाडाैँ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको १२ र १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीबाट ४ र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी ६ जना संचालक चयन गरेकाे हाे ।
साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनि थापा, सुदिप राज गाैतम र विजि ग्रुप प्रा. लीको प्रतिनिधि सुनिल केसी र सर्व साधारण शेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वचित भएका हुन् ।
यस्तै आजै बसेको संचालक समितिको बैठकले सुदिप खड्कालाई सर्वसम्मत रुपमा प्रवन्ध संचालकमा चयन गरेको छ र स्वतन्त्र सञ्चालकमा प्रविन भट्टराईलाई सर्वसम्मत मनोनित गरेको छ ।
नव निर्वाचित संचालकहरुको कार्यकाल ४ वर्षको लागि हुनेछ ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड (२५ मेगावाट)नेपालको सुपर सिक्स आयोजना मध्येको एक हो । यस हाइड्रो आयोजना दुई बर्षअघि निर्माण सम्पन्न भई निरन्तर बिद्युत उत्पादन गरिरहेको छ।
जलप्रवाहमा आधारित यस आयोजनाबाट २५ मेगावाट क्षमताको विधुत उत्पादन गर्दछ। आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ ।

प्रतिक्रिया दिनुहोस्