काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू बजेटको विपक्षमा उभिने तयारी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल जसपाको संसदीय दलको बैठकमै उपस्थित भएर सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
बजेटप्रति असन्तुष्ट जसपा बजेटको विपक्षमा मत हाल्नुपर्ने दबाबमा थियो । नेतामुखी र मन्त्रीमुखी बजेट, निर्वाचन क्षेत्रअनुसार आसमान वितरण रहेको आरोप जसपाको थियो ।
जसपाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगे । उनले जसपाको बैठकमा माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
‘विश्वास गर्नुस् म बजेट संशोधन गर्छु । अहिले यस्तै भयो । मिलाउन सक्ने ठाउँमा मिलाउन तयार छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै जसपाका एक नेताले शिलापत्रसँग भने ।
प्रधानमन्त्रीबाट आन्तरिक रूपमा संशोधन गर्ने प्रतिबद्धता जनाएपछि जसपाले सांसदलाई बजेटको पक्षमा मत दिन ह्विप जारी गर्यो ।

प्रतिक्रिया दिनुहोस्