Ads

राष्ट्रसंघिय शान्ति सेना मालीबाट फिर्ता हुँदै


काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति सेनाले शान्ति स्थापना गर्न नसकेपछि मालीबाट फिर्ता हुने भएको छ ।
पश्चिम अफ्रिकी भूपरिवेष्ठित देश मालीका विदेशमन्त्री आब्लुलाए दिलोपले मालीमा शान्ति स्थापना गर्न नसकेको भन्दै झन्डै १३ हजारभन्दा बढी शान्ति सेना फिर्ता लान आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले माली सरकारले दुई हप्ता अगाडि गरेको आग्रहका अनुसार आज मतदान गरेर सेना फिर्ता गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । मालीमा जुन महिनाको अन्तिमसम्म सेना फिर्ता हुने भएको छ ।

मालीको मिनुस्मामा दश वर्ष अगाडिबाट शान्ति सेना पठाइएको थियो । तर, सरकारले शान्ति सेनाले विद्रोहिहरुलाई दबाउने भन्दा जगाउने काम गरेको भन्दै माली सरकारले विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । मालीमा नेपाली सेनाको जनशक्ति पनि खटिएको छ । नेपाली सेनाले गत जुन ४ सम्म गरेको अद्यावधि अनुसार मालीमा १८१ जना कार्यरत छन् ।

Ads

सम्बन्धित पोष्टहरू