Ads

२०८० असार १४ गते बिहिबार, तपाईका दैनिक राशिफल


काठमाडौं । आज २०८० साल असार ४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण समयमा नै फत्ते गर्न सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)धर्म कर्ममा मन जाने हुनाले दिनभरजसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरूलाई रिजाएर महत्त्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । पढाइलेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस, जाँगर आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायालयबाट हुने निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । छातीसम्बन्धी सामान्य समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरूले काममा अवरोध पु¥याउन सक्छन, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगबाट फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)आफन्त तथा सहयोगीको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरूको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइलेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)सामाजिक काम समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरू सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रूपमा सुदृढ हुने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा काम थाँती रहनेछन् । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको प्रयोग गरी मनग्य धन आर्जन गर्न सकिनेछ । पढाइलेखाइमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा विशेष रुचि बढ्नेछ

Ads

सम्बन्धित पोष्टहरू