विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । ९३ सिट रहेको प्रदेशमा सरकारका लागि आवश्यक ४७ सिट संख्या नहुँदा सत्ताको नेतृत्व गरिरहेको एमाले अल्पमतमा रहेको छ।
सोही क्रममा बिहीबार सत्तामा रहेको एमालेले नेपाली काँग्रेससहित विपक्षी दलसँग विश्वासको मत माग्ने एमाले कोशी प्रदेशले जनाएकाे छ । सत्ता अघि बढाइरहेको एमाले सहमतिको सरकार बनाएर पुरै कार्यकाल टिकाउ सरकार बनाउनेतर्फ केन्द्रीत छ । अहिलेकाे प्रदेश सरकारलाई निरन्तर अघि बढाउन
एक मतको आवश्यक परेकाले विभिन्न विकल्प तथा सम्भावनाकाे खाेजीमा एमाले लागिपरेकाे छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि आज दिउँसाे दिउँसो १ बजेका लागि प्रदेश सभाकाे बैठक आव्हान गरेका छन्। मुख्यमन्त्री कार्कीले एमाले र राप्रपाले विश्वासको मतका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।
कोशी प्रदेश सभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सहित कार्की नेतृत्वको सरकारकाे पक्षमा ४६ सिट छ । ९३ सदस्यीय कोशी प्रदेश सभाबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न ४७ जनाको समर्थन जुटाउनु पर्नेछ।
प्रतिक्रिया दिनुहोस्