Ads

परम्परागत पर्व र संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरेको छ : अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । इस्लाम समुदायको बकर इदका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्ने बताए।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विज्ञप्तिमा भ्रातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा इदले हिमाल, पहाड र तराईका जनताका बीचमा आपसी मित्रता, सद्भाव कायम गर्ने विश्वास व्यक्त गरिएको छ ।

नेपालले जारी गरेको विज्ञप्तिमा यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने उल्लेख गरिएको छ । आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास नेपालले व्यक्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू