Ads

तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।

सभापति देउवाद्वारा सातै प्रदेशमा गरी सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए  । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि सभापति शेरबहादुर देउवाले सदस्य थप गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू