Ads

चेलाले गुरु कुट्ने र सरकारले जोगाउने संस्कृति मौलायो : केपी शर्मा ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा चेलाले गुरु कुट्ने र सरकारले जोगाउने संस्कृति मौलाएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले अहिले देशमा संस्कृति, शिष्टता र विनम्रता हराउँदै गएको बताए । उनले सभ्यताको दियो बाल्ने देशमा गुरुको ढाड खुस्काउने, टाउको फुटाउने र करङ भाँचिदिएर बहादुरी देखाउने काम भइरहेकोले चिन्ता बढेको बताए ।

चेलाले गुरुको ढाड खुस्काउने र सरकारले त्यस्तैलाई प्रोत्साहन गर्ने गरेको आरोप ओलीले लगाए । उनले भने– ‘विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार ।’

Ads

सम्बन्धित पोष्टहरू