काठमाडाैँ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परे कोशीमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् ।।
प्रदेशसभा सचिवालयमा संचारकर्मीसँग कुरा गर्दै उनले अहिलेको सरकारलाई विश्वासको मत भने नदिने बताए ।
मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक भएको बताउदै उनले त्यसको जवाफ संसदबाटै दिने पनि बताए ।
थापाले कोशी प्रदेशसभाको विपक्षी गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्