काठमाडौँ । निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन् । हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन् ।
उनी मंगलबार दिउँसो काठमाडौं आएका थिए। उनी काठमाडौंको द्वारिकाज होटलमा बसेका थिए । उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए ।
उनीसहित ७ जनाको टोली काठमाडौं आएको थियो । उनीसहित ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक पाकिस्तान गएका हुन् ।
प्रतिक्रिया दिनुहोस्