Ads

पक्राउ परेका तीनजना आरोपितहरु प्रत्यक्षीकरण रिट लिएर सर्वोच्चमा


काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा मा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् ।

गैरकानूनी रुपमा आफुहरुलाइ पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ ।
उनीहरु तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् ।

हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । उनीहरु तीनैजनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू