Ads

“एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन”: याेगेश भट्टराई


काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले उत्तेजनात्मक,निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नभएको बताएका छन् ।

बिहीबार ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा जाने क्रममा इलामबजारमा पहिचानवादीले कालो झन्डा देखाएर अवरोध गरेपछि भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्:“हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,” “एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल हुँदैन ।”

उनले एमाले वार्ता र संवादका लागि तयार रहेको समेत बताएका छन् ।

“मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् वहाँहरूका लागि पनि लज्जाको विषय हो ,” भट्टराईले लेखेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू