काठमाडौं । आज दही चिउरा खाएर असार १५ मनाइँदैछ। यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ।किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ।
र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यबर्द्धक हुने बताइन्छ। सरकारले २०६१ सालदेखि यो दिनलाई धान दिवसका रूपमा पनि मनाउन थालेको छ।
प्रतिक्रिया दिनुहोस्