पोखरा । गण्डकी प्रदेशको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुने भएका छन् । शुक्रबार र शनिबार पोखरामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुने भएका हुन् । भेलामा प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा छलफल हुने बताइएको छ ।
मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पोखरा जाने कार्यक्रम रहेको छ । यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलनस्थगित भएको थियो ।
मुख्यमन्त्रीहरूको भेला दोस्रोपटक हुन लागेको हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भेला भएको थियो । त्यो भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।
प्रदेशमा आवश्यक ऐन, कार्यविधि र सचिवालय गठन गर्नुपर्ने, प्रदेशमा रहने कर्मचारीहरू सबै प्रदेशको मातहतमा सञ्चालन हुनुपर्ने, आन्तरिक बढुवा हुँदा प्रदेशको कामलाई मुख्य मापदण्ड बनाउनुपर्ने लगायत माग पहिलो भेलाले संघ सरकारसँग राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्