Ads

नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन सकेन : केपी ओली


चितवन । आज असार १५ तथा राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन आएका  एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताएका छन् । पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि नै भएको बताए ।

हामी प्राय बाहिरबाट सबै चिज ल्याउँछौँ तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु, दूध यहि उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन’, उनले भने ।

उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै उनले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले बृद्धि गर्नुपर्ने बताए । नेपालको ६० प्रतिशत भन्दा बढी जनसंख्या अहिले पनि कृषिमा आधारित रहेको उनले बताए । ‘कृषि उत्पादनलाई तीव्र गतिमा बढाउन आवश्यक छ ।

यहाँहरुसँगै राष्ट्रिय धान दिवस मनाउने र धान रोप्ने र यसको सन्देश देशभर नै दिने भनेर म आएको हुँ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी छ’, उनले भने । नेपाल कृषिमा आत्मनिर्भर भयो भने अरु क्षेत्रमा आफै आत्मनिर्भर हुने उनले दाबी गरे ।

Ads

सम्बन्धित पोष्टहरू