Ads

नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते


नवलपुर । हेटौँडा उपमहानगरपालिका– ११ नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट जनकपुरका लागि छुटेको ना.६ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ३७ मध्ये १० जनाको चुरेहिल अस्पताल र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको एसपी गौतमले बताए । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए । एसपी गौतमका अनुसार बसका चलाक फरार छन् ।

Ads

सम्बन्धित पोष्टहरू