काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने बताएका छन।
शुक्रबार काठमाडौँमा आयोजित संसदीय प्रभावकारितामा महिला सदस्यहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्नेमा जाेड दिएका हुन् ।
सभामुख घिमिरेले सांसदहरूलाई सरकारलाई संसद्प्रति जबाफदेही बनाउने काममा भूमिका खेल्न आग्रह पनि गरे । उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताए । उनले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।
सभामुख घिमिरेले सांसदहरुको नीति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्