Ads

एमालेसँग कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना छैन : परराष्ट्रमन्त्री साउँद


डडेल्धुरा । परराष्ट्रमन्त्री एन पी साउँदले एमालेसँग कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन्।शनिबार डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बजारमा आएको हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन’ उनले भने । उनले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए ।

उनले पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याका बारेमा कुरा अगाडि बढाइएको समेत प्रष्ट पारे । केही समयअघि भएको प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो समस्या समाधानबारे सकारात्मक जबाफ दिएको उनले बताए ।

साथै, उनले भारतीय सीमा सुरक्षा बल एसएसबी ले कञ्चनपुरका सीमावर्ती क्षेत्रका नागरिकलाई दिइरहेको दुस्खका बारेमा पनि भारतीय पक्षलाई जानकारी दिएको बताए । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालादेखि प्रक्रिया थालिएको डडेल्धुराको परशुरामको शिर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने बताए ।उनले भने, ‘ती दुवै स्थानमा पुल बने व्यापारिक नाकाको विकास हुनेछ । यहाँ विकास हुनेछ।’

Ads

सम्बन्धित पोष्टहरू