Ads

धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण


काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान काठमाडौंमै आकस्मिक अवतरण भएको छ । उडिसकेको विमानमा समस्या देखा परेपछि काठमाडौंमै अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज दिउँसो ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको थियो । विमानको इन्जिनमा टेक्निकल समस्या भएपछि काठमाडौं अवतरण गरिएको प्रवक्ता सिटौलाले बताए ।

अहिले विमान सकुशल अवतरण भइसकेको र यात्रुहरूलाई अर्को विमानबाट धनगढी पठाउने तयारी भएको उनको भनाइ रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू