Ads

बाढीका कारण फसेका चार जनाको उद्धार


बाँके । राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले शनिबार उद्धार गरेको छ।

ङ्गलमा बाख्रा चराउन गएका छ मध्ये चार जनाको उद्धार भएको र थप दुई जनाको उद्धार गर्न लागेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो। उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत पुगेका थिए।

Ads

सम्बन्धित पोष्टहरू