काठमाडौं । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सले शनिबार प्रेस नोट जारी गरी आइतबारका सबै उडान स्थगित गरेको जानकारी दिएको हो ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको जनाएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ ।
शनिवार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो । त्यसपछि एयरलाइन्सले आइतबार आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्