काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अजरवैजान जाने भएका छन् । वाकुमा आयोजना हुने असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद असार १९ गते राति त्यसतर्फ जाने भएका हुन् ।
मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री साउदलाई भ्रमण अनुमतिसमेत दिइसकेको छ । वाकुमा यही असार २० र २१ गते मन्त्रिस्तरीय बैठक हुनेछ ।
साथै असार १८ र १९ मा उच्च अधिकारी बैठकसमेत हुनेछ । परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको टोली त्यसतर्फ जाने भएका हुन् । असार २२ गते मन्त्री साउद स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस्