Ads

ललिता निवासको जग्गा संरक्षण गर्न तारबार लगाउदै काठमाडौं महानगर


काठमाडाैँ । ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको महानगरपालिकाले जनाएको छ।

सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागेको हो।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइरहेकाे छ।

ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।

Ads

सम्बन्धित पोष्टहरू