Ads

ललिता निवासको जग्गा घेराबारा गर्न काठमाडौँ महानगर प्रहरीको टोली पुग्याे बालुवाटार


काठमाडाैँ । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू गरेको छ ।

आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको पाण्डेले बताए ।
अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

सम्वन्धित समाचार:

ललिता निवासको जग्गा संरक्षण गर्न तारबार लगाउदै काठमाडौं महानगर

Ads

सम्बन्धित पोष्टहरू