काठमाडाैँ । नेपाल समाजवादी पार्टीले असारदेखि पुससम्म संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण गरिएको नेसपा नेता विश्वदिप पाण्डेले जानकारी दिए ।
उनका अनुसार सचिवालयको संयोजकमा अध्यक्ष बाबुराम भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने छन् ।
समितिले संगठन निर्माण र विस्तारसम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना तयार गर्नेछ ।
गत असार १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्