काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको सो विधेयक सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदहरुले त्यसको समर्थन गरेका हुन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार २० गते दिनको ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्