काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला डाकेको छ ।
असार २१ गतेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरुको भेला डाकिएको कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
‘नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया÷छलफल गर्न भेला डाकिएको हो,’ कार्यवाहक मुख्य सचिव पराजुलीले जानकारी दिए ।
कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो । यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न निर्देशन दिइसकेका छन् ।
गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्